मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तका हत्यारालाई सरकारले लुकाएको  डा. गोविन्द केसीको आरोप



काठमाडौं मंसिर,
डा. गोविन्द केसी निर्मला पन्तको परिवार तथा अधिकारकर्मीले सुरु गरेको धर्ना कार्यक्रममा सहभागी भएका छन् । डा. केसीले मंगलबार  महेन्द्रनगरस्थित   धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी  अनशनस्थल पुगेका हुन् ।  उनले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप समेत लगाए ।

घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर पुगेका उनले आफू न्यायका लागि आएको बताए ।
हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनशन बस्ने डा. केसीको चेतावनी छ । गत कात्तिक २५ गतेदेखि छोरी हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै निर्मलाको बुबाआमालगायत आफन्तले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा अनिश्चितकालिन २४ घण्टे धर्ना गरेका छन् ।

धर्नाकै क्रममा निर्मलाका बुबाको स्वास्थ्यमा समस्या देखिएपछि हाल उनी उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ४ : ५१ बजे