नेकपाले प्रदेश सदस्यहरुको नाम टुङ्ग्यायो , को को परे प्रदेश कमिटीमा ?

काठमाडौं मंसिर, १३–

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सदस्यहरुको नामावली टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सदस्यहरूको नामावली टुंगो लगाएता पनि सदस्यहरूको पूर्ण विवरण भने सार्बजनिक हुनबाकी रहेको    बताए ।

नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ । त्यस्तै आगामी बैठकले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला समितिको मुख्य नेतृत्व टुंगो लगाउने तयारीमा नेकपा रहेके प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यद्यपि, नेकपाको आगामी बैठकको मिति र समय भने तोकिएको छैन । आजको बैठक पनि लागातर २ दिन स्थगित भएर बसेको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएको थियो । तर, ६ महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ५ : ३३ बजे