१३ मङ्शिर्, काठ्मान्डौ-
म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा नेपाल आइपुगेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सुकी नेपाल आएकी हुन् । सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।
उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।
राष्ट्र प्रमुखका रुपमा भने सुकिको यो नै पहिलो नेपाल भ्रमण हो ।