मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतर्फी आलोचनापछि झुक्यो सरकार ,हटायो जोर कि बिजोर प्रणाली



काठमाडौं मंसिर, १४–

निकै आलोचना बढेपछि उपत्यकामा यातायातमा लागु जोर विजोर प्रणाली हटाउन सरकार बाध्य भएको छ ।  एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रमका लागि भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली लागु गरेको थियो ।

चौतर्फी चौतर्फी आलोचनापछि काठमाडौंमा शुक्रबारदेखि शुरु भएको एसिया प्यासिफिक सम्मेलन लक्षित जोरबिजोर प्रणाली हटाइएको हो ।

गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागु गर्ने गृह मन्त्रालयले जनाएको थियो ।

युथ कंग्रेस नेपालले बिहीबारदेखि नै जोरबिजोर प्रणालीको अवज्ञा गर्दै आइरहेको थियो । शुक्रबार बिहान पनि अवज्ञा भएको थियो ।

नागरिकहरूलाई सास्ती हुने गरी लागू गरिएको जोरबिजोर प्रणालीको सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो ।

नेपाली काँग्रेसका युवा नेता गगन थापासहितका काँग्रसी नेताहरु, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायतले सामाजिक सञ्जालमा यसको जमेर आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ५ : १४ बजे