निर्मलाको न्यायका लागि तस्बिर टाँस्दै हिँडेका १२ युवा पक्राउ



काठमाडौं मंसिर, १४–
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको  हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै निर्मलाको तस्बिर टाँस्दै हिँडेका १२ युवा पक्राउ परेका छन् ।

प्रहरीले  शुक्रबार दिउँसो माइतीघर मण्डलाबाट उनीहलाई पक्राउ गरेको हो । निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

अभियानकर्ता युवाहरुले पोस्टर टाँसिरहँदा अचानक प्रहरीले हस्तक्षेप गरी माथिको आदेश भन्दै पक्राउ गरेको हो ।

प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार  १ : ३४ बजे