मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने



पोखरा –

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने भएको छ।

१३औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७५ रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुने पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपांगता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टिविहीन ह्विलचेयर प्रतियोगिता गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। म्याराथनमा विजेताले नगद एक लाख प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार प्राप्त गर्ने छन्।

त्यस्तै, १० किमी पुरुष–महिला दौडमा प्रथमले १५, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्रछात्रा दौडमा प्रथमले १० हजार, दोस्रोले ७ र तेस्रो ४ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  १ : ४६ बजे