मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा किसानहरुको आन्दोलन उग्र हुँदै , मोदी अफ्ठेरोमा



काठ्मान्डौ-
एजेन्सी

भारतमा हजारौ किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य पाउनुपर्ने माग राखेर सरकार बिरुद्द आन्दोलन थालेका छन । हजारौ किशानहरु सहभागी र्याली सम्सद भवन तर्फ बढ्न खोजेको भारतिय सञ्चारमाध्यमहरुमा समाचार छ ।

अभियन्ता समूहलाई हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाहरुले भने अनुसार ८० हजार भन्दा बढी किसान तथा कृषि कामदारहरु दिल्लीका लागि ‘मार्च पास’ मा सहभागी छन् ।

‘दिल्ली चलो’ नामको नाराका साथ उनीहरु दुइ दिन हिँडेरै नयाँ दिल्लीस्थित संसद भवनमा धर्ना दिन पुग्ने छन् । महाराष्ट्रबाट किसानहरुको नेतृत्व गर्ने अजित अवालेका अनुसार उनीहरुले ‘मुनाफा, उत्पादनको उचित मुल्य र संसद बैठकमा यसबारे विशेष बहस ।’ गरी मुख्यतः तीन माग उठाएका छन् ।

राहूल गान्धी, अरविन्द केजरिवाल लगायत प्रतिपक्षी दलका नेताहरूले अान्दाेलनकारी किसानहरूलार्इ सम्बाेधन गरिसकेका छन् । गान्धीले सम्बाेधनकाे क्रममा भनेका छन्, ‘उनीहरूले सरकारसँग उपहार मागिरहेका छैनन् । अाफ्नै अधिकार मागेका हुन् ।’ भारतमा पछिल्लो २० वर्षयता ऋण तिर्न नसकेर वा उत्पादनमा ह्रास आउँदा ३ लाख भन्दा बढी किसानहरुले आत्महत्या गरेका छन् । हरेक वर्ष लाखौं साना किसान ऋण र न्युन आम्दानीका कारण सताइँदै आएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  २ : २४ बजे