मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 २५ किलो चरेस सहित चार जना पक्राउ



१६ मंसिर बुटवल –

२५ किलोग्राम चरेससहित प्रदेश प्रहरी कार्यालय प्रदेश ५ दाङबाट खटिएको प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले  बुटवलबाट चार जनालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका-९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।

जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय दिपेन्द्र घर्तीको
२५ किलो चरेस

बुटवल क्षेत्रमा लागूऔषध चरेसको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरूले आधा/आधा किलोग्रामका ५० लाप्सा बनाइ बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ९ : ३२ बजे