मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मर्मतका लागी तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने



१७ मंसिर,बुटवल ।

सडक मर्मत हुने भएपछि सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड   ३ दिन बन्द हुने भएको छ ।

आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  आवागमन प्रभावित हुने भएको हो ।

सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधन भने  निर्वाध चल्न पाउने सडक डिभिजन कार्यालयले  जनाएको छ ।

सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न  सबैमा आग्रह गरेको छ ।

यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५—२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  ७ : ३२ बजे