मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुण दलले बुझायो ७७ जिल्लामा सरकारलाई ज्ञापनपत्र : निर्मलाका हत्यारालाई तत्काल सार्बजनिक गर्न माग



मङ्शिर १७, काठमाडौं ।

नेपाल तरुण दल बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको निम्ति नेपाल तरुण दल आन्दोलनमा उत्रिएको छ । घटना भएको करीब पाँच महिना बित्न लाग्दा समेत अपराधी पत्ता नलगाएको भन्दै तरुण दलले आज ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएको नेपाल तरुण दलका अध्यक्ष जितजङ् बस्नेतले न्यू सञ्चारलाई बताए ।

अघ्यक्ष बस्नेतले बाइड बडी खरिदमा भ्रष्टचार, १८ करोडको गाडि खरिद, निर्मला पन्तको हत्यामा संलगनलाई सरकारी सम्रक्षण,जस्ता कर्तुतमा बर्तमान सरकार रमाइरहेकोले सरकारलाई ब्युझाउन ज्ञापन पत्र बुझाइएको समेत बताए ।

सरकार यही ढाटछल र भ्राष्टाचारको बाटोमा हिडीरहे अब युबाहरुको नेतृत्वमा नागरिक आन्दोलन गर्नुको कुनै अर्को बिकल्प नरहेको समेत अध्यक्ष बस्नेतले बताए ।

पछिल्लो समय तरुण दलले मुल्य बृद्दि, भ्रष्टाचार र गैह्र न्यायिक सरकारी कृयाकलापहरुको बिरुद्द निरन्तर खबारादारी गरिरहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  १ : ५४ बजे