मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय माग्नेहरुको सरकारलाई चुनौति : निर्मलाका पोस्टरहरु जताततै



१८ मंसिर, काठमाडौं–

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिन थालेका छन । स्कुल्,क्याम्पस पढ्ने बिधार्थीहरुले स्टिकर बनाएर पोशाकमा , झोलामा लगायत अन्यत्र टास्ने गर्न थालेपछी निर्मला अङ्कित पोस्टरहरु छ्याप्छ्याप्ती देखिन थालेका हुन ।

पोस्टरमा उनको स्केच मात्रै नभएर ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ समेत लेखिएका पोस्टर हरु आउन थालेका छन ।

सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेका थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।

प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गरेपछी न्याय खोज्नेहरु झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएको थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रुपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । आजको कान्तिपुरमा प्रमुखताका साथ यो खबर प्रकासित भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ५ : २५ बजे