१८ मंसिर, काठमाडौं ।
दिवंगत पूर्वअमेरिकी राष्ट्रपति जर्ज एचडब्लू बुसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुसको पार्थिव शरीर एयरपोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको बुसको पार्थिव शरीरमा ट्रम्प दम्पत्तीले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएका पूर्वराष्ट्रपति बुसको शवलाई बुधबार पत्नी बारबरा गाडिएकै टेक्सासस्थित घरमा समाधिस्थ गरिने कार्यक्रम छ । सो कार्यक्रममा पनि राष्ट्रपती ट्रम्प सहभागी हुने बताइएको छ ।