मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्य राती चोरहरुको सकृयता : बिजुलीको तार चोरी गर्ने २ जना पक्राउ



मंसिर १९, काठ्मान्डौ-

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले मध्यराति बिजुलीको तार चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।यस सगै काठ्मान्डौमा बिजुलिको तार समेत चोरि हुने गरेको नयाँ तथ्य सार्बजनिक भएको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ कृष्ण मन्दिरस्थित बालुवाखानीबाट गएराति साढे १ बजे २ रोल बिजुलीको तार चोर्दै गरेको अवस्थामा सिन्धुपाल्चोक सिधुङ गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका थापाचोक बस्ने ३० वर्षीय टीकाराम पहरी र २१ वर्षीय विनोद पक्राउ परेका हुन ।

उनीहरुलाई चोरी गरेको बिजुलीको तारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  १२ : ३९ बजे