मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीका छोरा प्रतिकले गरे यस्तो हर्कत !



२० मंसिर, काठमाडौं–

रक्सीले मातेका गृहमन्त्री बादलका छोरा प्रतिकका कारण एक रेष्टुरेण्टका कर्मचारीहरू एक रात जेलमा बिताउनु परेको छ । श्रमिकवर्गको पार्टी र तिनीहरूकै नेता भनेर मात्र के गर्नु, परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभाना बन्दा रहेछन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

गृहमन्त्री रामबहादुर थापा हेर्दाका सोझा, लेनादेनातिर नमुछिएका । ०६४ का रक्षामन्त्री, तर सेरेमोनियल टाइपका । मन्त्रीको व्यक्तित्व त्यस्तो, लाजिम्पाटतिरको रमिताचाहिँ अर्कै । बादलपत्नी नैनकला, सालो र छोरा प्रतीकहरू प्रायः लाजिम्पाटतिर देखिने ।

माछापुच्छ« बैंक र होटल ग्याङजोङको ठीक अगाडि दि लास्ट फ्राइडे नामक लाउञ्ज बार एन्ड रेष्टुरेन्ट छ । दुई वर्षअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुण्ड नाइके कुमार श्रेष्ठ घैंटेले खोलेको त्यसको सञ्चालक राजेश कार्की एअर एसिया मा राम्रै पैसा डुबाएका व्यक्ति हुन् ।

त्यहाँ हिजोआज गृहमन्त्रीका ओछ्यानकै मान्छेहरु प्रायः जसो जुट्छन् । आउने, खाने र जानेमात्रै भए त शहरमा त्यस्ता ठाउँ अनेकौं छन् । चर्चा गर्नुपर्ने नै थिएन । तर यिनीहरु जने, खाने मात्रमा सिमित रहेनन् ।

डाङडाङ डुङडुङ गरेर रमितै देखाउने तहसम्मपुगे । यही क्रममा अभिल्लो हप्ता गृहमन्त्रीका छोराले होहल्ला मच्चाए । केही समय नेकपा अध्यक्ष प्रचण्डको बडीगाडी रहिसकेका दानबहादुर मल्लको कमाण्डमा रहेको दरबारमार्ग प्रहरी वृत्तको क्षेत्रमा पर्छ, उक्त रेष्टुरेन्ट ।

प्रहरीले गत बुधबार उनीहरुलाई समातेर लग्यो । रातिअबेरसम्म होहल्ला गरेको, शान्ति सुरक्षामा खलल गरेको आरोपसाथ रेष्टुरेन्टमा काम गर्ने मजदुर र कर्मचारीलाई प्रहरीले पक्राउ गरी चिसो छिँडीमा एक रात राख्यो । उनीहरु भोलिपल्ट कागज गरेर छुटे ।

रमिता यतिमै सकिदैन । मन्त्रीको सचिवालयमा स्वकीय सचिव छन् सुदीप तामाङ वाइसिएलका उपाध्यक्ष । बादल वैद्यसँग लागेर हरितन्नम् भएको बेला पकेट खर्च नहुँदा साथीहरु गुहार्दै हिँड्ने अवस्थाले गर्दा उनको घरनजिक चाँगुनारायण स्थित त्रिशुलडाँडा बनाइरहेको होटलको निर्माणकार्य पूरै रोकिएको थियो ।

तर, बादल गृहमन्त्री भई प्रतीकको सेटिङमा सुदीप नियुक्त भएको एक महिनाभित्र होटलमात्र तयार भएन, अहिले त सञ्चालनमा आइवरी वैध, अवैध सबैखाले गतिविधि चल्न थालिसकेको छ ।

तास खेल्ने जुवाडेदेखि युवतीसँग रमाउने उरेन्ठेउलाहरुका लागि सबभन्दा सुरक्षित अखडा हो त्यो । त्यहाँ के के हुन्छ भन्नेबारे प्रहरी जानकार नभएको होइन । तर प्रतीकहरु पुगिराख्ने ठाउँमा कसरी छुने ?

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ७ : ०१ बजे