मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो



काठमाडौं मंसिर, २०–

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ । मौसमविदका अनुसार आज उपत्यकामा बर्षकै चिसो अनुभव गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविदले भने, ‘आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम हो ।’ तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ ।

मौसमविदका अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ८ : २३ बजे