आजको मौसम: देशभर मौसम मूख्यतया सफा रहने



काठमाडौं ,मङ्सिर ८ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ ।

यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

प्रकाशित मिति : मंसिर ८, २०८३ मंगलबार  ७ : ५१ बजे