मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाईनान्समा १० अर्ब रुपैयाँ राख्ने



काठमाडौं मंंसिर, २०–

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार ३६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७५ पुस एक गते देखि २०७६ मंसिर ३० गतेसम्मको लागि उक्त परिमाणमा संस्थागत निक्षेप राख्न लागिएको हो ।
यसरी राखिने कुुल रकम मध्ये वाणिज्य बैंकको लागि आठ अर्ब १२ करोड ६९ लाख, बिकास बैंकहरुको लागि एक अर्ब ५२ करोड ३८ लाख र फाईनान्स कम्पनीहरुका लागि ५० करोड ७९ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी सोमबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा बित्ती संस्था सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ९ : ०३ बजे