मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिविरुद्ध पक्राउ पक्राउ पूर्जी जारी



काठमाडौं मंसिर, २०–

ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिविरुद्ध पक्राउ पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले नेपालको पुरानो व्यवसायिक घरानाका व्यवसायी ज्योतिलार्इ पक्राउ गर्न पूर्जी जारी गरेको हो ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । प्रहरीले ज्योतीमाथि एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।
काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रा.लि.मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रा।लि।लाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ ।

रुप ज्योतिले क्वालिटी डेभलपर्स प्रा.लि. नामको कम्पनी खडा गरेर मल्ललाई बिक्री गरेको जग्गा हडप्ने योजना बनाएको स्रोतको भनाइ छ ।

काठमाडौं प्रहरीका अधिकारीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा रुप ज्योतिले विभिन्न कम्पनी खडा गरेर जग्गा हडप्ने योजना बनाएको देखिन्छ, रुप ज्योतिविरुद्धको उजुरीमाथि छानबिन भैरहेको छ ।’

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ४ : ४५ बजे