मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राधानमन्त्री र बुद्दिजिबिहरुको जुहारी झन झन बढ्दै



मङ्शिर २१, काठमाडौं ।-

पछिल्लो समय नगरिक समाज ,पत्रकार्,पेशाकर्मि,बुद्दिजिबी लगायत सबैले सरकारको तिब्र आलोचना गर्न थालेका छन । दुइ तिहाइको समर्थन प्राप्त स्थिर सरकार मार्फत देशले काचुली फेर्ने आश राखेका सबैलाई सरकारका काम गराइले निरास बनाउन थालेका बेला बिबादित एसिया समिट कार्यक्रममा सरकार र प्राधाअन्मन्त्री ओलि प्रत्यक्ष सम्लग्न भए पछी सरकार र प्राधाअन्मन्त्री ओलिको सामाजिक र बौद्दिक बिरोधको पारो झन झन उकालो लागेको छ ।

प्राधाअन्मन्त्री ओलि पनि पछिल्लो समय आफ्नो बिरोध गर्ने बौद्दिक समुहको बिरुद्द खनिदै चेतावनिको भाषा बोलीरहेका छन ।

यसैबिच नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम जनतासंग प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले जथाभावी बोलेर बुद्धिजीवीहरुले अल्पज्ञानी रुप प्रस्तुत गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बुद्धिजीवीहरुमाथि कडा प्रहार गरेका छन् । ओलीले केही बुद्धिजीवीको टिप्पणी अत्यन्तै असभ्य र तल्लो स्तरको रहेको भन्दै बोलीमा नियन्त्रण ल्याउन चेतावनी दिएका छन् ।

उनले त्यस्ता बुद्धिजीवीहरुको हैसियत राम्रोसंग बुझेको समेत बताए । ओलीले संचारमाध्यमसंग जथाभावी बोलेर स्थिति नबिगार्न उनले आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ५ : ०६ बजे