मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी माघमा ढोरपाटन महिला च्याम्पियनसिप लिग भलिबल हुने



२१ मंसिर, काठमाडौं –

१४ औं रेडबुल ढोरपाटन सुजुकी महिला क्लब लिग च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।

ढोरपाटन क्लबले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ पाँच गतेदेखि १९ गतेसम्म महिला क्लब लिग च्याम्पियनसिप जानकारी दिएको हो । प्रतियोगिता नयाँ बस पार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथमलाई ट्रफिसहित तीन लाख ५० हजार दित्तियलाई दुई लाख, तेस्रो हुने टिमले एक लाख र चौथो स्थानमा चित्त बुझाउने टिमले ६० हजार नगद प्राप्त गर्ने छ । पाचौ हुनेले ४० हजार, छैटौंले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहनेछ, जसमा एपीएफ क्लब, न्यूडायमण्ड, नेपाल पुलिस क्लब, टप्स उच्च मावि, आर्मी, श्री गाउँ खेलकुद विकास समिति दाङ, चितवन टाइगर्स, थ्रीस्टार एकेडेमी, पारामाउन्ट बोर्डिङ स्कुल सेव स्कुल र थाहा नगरपालिका मकवानपुर छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  २ : १८ बजे