मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार प्रती सन्तुष्ट नभए पनि सरकारमै रहन्छौ: प्रचार विभाग प्रमुख फोरम नेपाल



२२ मंसिर, काठमाडौं–

फोरम नेपालका उपमहासचिव एवं प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले सरकारको कामबाट फोरम नेपाल पूर्णरूपमा सन्तुष्ट नभएको बताए।

केही उपलब्धि भएको र थप उपलब्धिका लागि सरकारमै बसेर संघर्ष गरिरहने उनले बताए ।

आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले सरकार प्रती पुरै सन्तुष्ट नभएको भएको जनाएको हो।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेर्तत्वको सरकारमा सहभागी छन्। यादव उपप्रधानमन्त्रीको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्र र राई शहरी विकासमन्त्री छन्।

संविधान संशोधनको शर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ।

शनिबार सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुने एजेण्डा छ। पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले सरकारको कामबाट फोरम नेपाल पूर्णरूपमा सन्तुष्ट नभएको बताए।

केही उपलब्धि भएको र थप उपलब्धिका लागि सरकारमै बसेर संघर्ष गरिरहने उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  ८ : १५ बजे