जनकपुर-
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन तहका सरकारका बिचमा समान्बय र सहयकार्य भय मात्र बिकाश सम्भब भएको ब ताएका छन ।
नेकपा संसदीय दलको कार्यालयले शनिबार जनकपुरमा आयोजना गरेको ‘उर्जा र सिँचाइमा तीनै तहका सरकारको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा मुख्यमन्त्री राउतले तीन तहकै सरकार बीच समन्वय र सहकार्यको आवश्यकता भएको औंल्याएका हुन्।
समन्वय र सहकार्यको नीतिले नै मुलुक विकास र सुशासनको बाटोमा अघि बढ्ने उनको भनाइ छ।
कृषि र कृषि उद्योगको पर्याप्त सम्भावना रहेको प्रदेश २ मा सिँचाइको असुविधा सबैभन्दा ठूलो समस्या भएको बताउँदै संघीय सरकारको यस विषयमा ध्यानाकर्षण गराए।