मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विराटनगर वारियर्स विजयी



मङ्शिर २२, काठ्मान्डौ-

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ललितपुर प्याट्रियटलाई हराउदै विराटनगर वारियर्स विजयी भएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल क्रिकेट मैदानमा भएको खेलमा ललितपुर प्याट्रियट बिराट्नगर वारियर्स सगा ३ विकेटले पराजित भएको हो।

विराटनगरका लागि करण केसीले नटआउट ३६ रन जोडे। उनले १९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाउन उत्कृष्ट ब्याटिङ गरे। आसिफ शेखले ३० बलमा १९ रन र अनिल साहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विराटनगरले १४ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएको थियो। बलिङमा ललितपुरका गौतम तोमारले ३ विकेट लिए। उनले ४ ओभरमा १० रन खर्चिए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै २ विकेट लिए। उनले १२ रन खर्चिए। ललितनारायण राजवंशीले १ विकेट लिए।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  २ : २६ बजे