मेक्सिकोकी सुन्दरी भेनेसा पोन्सले जितीन यसपालिको मिस वर्ल्ड को उपाधी



मङ्शिर २२, काथ्माण्डौ-

चिनमा सम्पन्न यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा मेक्सिकोकी भेनेसा पोन्स मिस वर्ल्ड घोषित भएकी छिन्।

विश्वका १ सय २० प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्।

नेपालका तर्फबाट मिस वर्ल्डमा सहभागिता जनाएकी शृंखला खतिवडाले अन्तिम १२ सम्मकोयात्रा तय गरेर बाहितिएकी थिइन भने अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, तथा युगान्डाका सुन्दरीहरु लाई पछी पार्दै मेक्सिकोकी सुन्दरी भेनेसा पोन्सले मिस वर्ल्डा को उपाधी जितेकी हुन ।

प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार  २ : ४८ बजे