मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस शभापती देउबा सग असन्तुष्ट नेताहरु जुटे चाक्सिबारिमा : महासमिति बैठकका बारेमा रणनीतिक छलफल



काठमाडौं मंसिर, २३–

पूर्व महामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा नेपाली कांग्रेसका शभापती शेर बहादुर देउबा सग असन्तुष्ट नेताहरुको बृहद् बैठक भएको छ । आईतबार शभापती देउबा सग असन्तुष्ट नेताहरुले आगामी रणनीति र आसन्न महासमिति बैठकमा प्रस्तुत हुने खाकाको तयारीको लागि बैठक गरेको बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिको आईतबार हुने बैठकमा प्रस्तुत गर्ने धारणाको विषयमा समितिका सदस्यहरुलाई सुझाव दिएका थिए । शभापती देउबा सग असन्तुष्ट दिलेन्द्र बडु, मिनेन्द्र रिजाल लगायतका नेताहरु महामन्त्री खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिमा रहेका छन् ।

आजको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री सिंह, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, चन्द्र भण्डारी, गगन थापा, नविन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतको उपस्थिती थियो । बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने रणनीतिबारे समेत छलफल भएको बतार्इएको छ ।

शभापती देउबा सग असन्तुष्ट नेताहरुले पार्टी नेतृत्वकै कारण यस अघी सम्पन्न निर्बाचनमा पार्टी पराजित भएको र पार्टीमा धेरै सुधार गर्नुपर्ने आवाश्यकता रहेको त्यसका लागी नेतृत्वको कार्यशैली बाधक भएको बताउदै आएका छन ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार  ८ : २७ बजे