सरकार डुब्ला जस्तो छ , सरकार डुबे नेकपा पनि बाकी रहन्न – नेकपा बरीष्ठ नेता झलनाथ खनाल



काठमाडौं मंसिर, २३–

नेपाल कम्युनिष्ट पार्टी नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकार डुब्यो भने नेकपा पनि बाँकी नरहने चेतावनी दिएका छन् । बालुवाटारको सचिवालय बैठक बहिष्कार गरेको भोलिपल्ट नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताए ।

आइतबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’
उनले सरकारको काम राम्रो नभएकाले पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेता खनालले चुनाव खर्चिलो बन्दै गएको भन्दै समाजवादी समाजवादी बाटोतर्फ लैजान सरकारलाई सुझाव दिए । साथै खनालले राष्ट्रियता कमजोर बन्दै गएको बताए । सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको खनालले बताए । पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेको भन्दै खनालले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताए ।

हिजो मात्रै हाम्रो बैठक रोगीका कारण सर्‍यो रे । एउटा रोगी आएछ । खनालले भने, ‘कहिलेकाँही ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।

प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार  ८ : ३८ बजे