नेपालमा लगानी बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालको आग्रह



मङ्शिर २३, हङ्कङ

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालमा लगानीको बाताबारण बनिसकेकोले लगानी बढाउन गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन्।

एनआरएन एसिया प्रशान्त क्षेत्रको भेलालाई हङकङमा संम्बाेधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएकोले अब ढुक्कले लगानी गर्न आग्रह गरे ।

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गर्ने बताए।

कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाइ थियो।

अब नेपालको राजनीति अस्थितरतामा जाँदैन भन्ने कुराको उदाहरण तीन तहको चुनावले दिइसहेको उनको भनाइ थियो।

प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार  ९ : २० बजे