ईपीएलमा ललितपुर सग चितवन ११ रनले पराजित



२३ मंसिर, काठमाडौं –

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकालेको हो ।

ललितपुर प्याटि्रएटसले जितका लागी चितवनलाई १४४ रनको चुनौति पेश गरेको थियो ।

चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ रन बनाउँदा भिम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा २१ रन बनाएका थिए । त्यस्तै, जर्ज स्कटले अविजित १८ रन बनाएका थिए ।

प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार  ९ : ४३ बजे