मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा कर्णाली प्रदेश कमिटीमा विवाद, प्रदेश कमिटी सहइञ्चार्जद्वारा बैठक बहिस्कार



काठमाडौं मंसिर, २४–

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रमा मात्रै होइन प्रदेशसम्मको विवाद छताछुल्ल भएको छ । नेकपामा कर्णाली प्रदेश कमिटीको पहिलो बैठक नै विवादिद बनेको छ । प्रदेश कमिटी सहइञ्चार्ज यमलाल कँडेलले बैठक बहिस्कार गरेका छन् । उनले बैठक मात्रै बहिष्कार नगरेर कतिपय निर्णय कार्यान्वयनमा समेत चुनौति दिन पुगेका छन् ।

प्रदेश कमिटीहरुले पूर्णता पाएसँगै सात प्रदेशमध्ये कर्णालीको पहिलो बैठक प्रदेश राजधानी सुर्खेतमा शनिवार बसेको थियो । तर प्रदेश सहइञ्चार्ज तथा तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका कँडेल सुर्खेतमा बैठक भइरहँदा काठमाडौंमा थिए ।
कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ र अध्यक्ष गोरखबहादुर बोगटीले आग्रह गरे पनि उनी आफ्नो गुनासो केन्द्रसँग रहेको भन्दै बैठकमा गएनन् । प्रदेश कमिटीमा तत्कालीन एमालेबाट ८७ जनाको नाम सार्वजनिक हुँदा यसअघि कार्यदलले सिफारिस गरेका भन्दा बाहिरबाट मान्छे पारिएकोमा कँडेलको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।

कँडेल नै रहेको कार्यदलले सिफारिस गरेको पूर्वकेन्द्रीय नेता, अञ्चल र प्रदेशमा रहिसकेकाहरुको नाम कटाएर माधव नेपाल पक्षको दबावमा २० जना अरु नै मान्छे पारिएको आरोप कँडेलले लगाएका छन् । उनले केन्द्रमा केपी ओली र माधव नेपाल पक्षको भागबण्डा हुँदा जहिले पनि आफ्नो प्रदेशमा नेपाल पक्षलाई भाग दिने गरिएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  ६ : ४६ बजे