मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेवातालमा डुंगा डुब्दा एक युवक बेपत्ता, खोजी कार्य जारी



पोखरा मंसिर, २४–

पोखराको फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ डुंगाबाट खसेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार काठमाडौंबाट दिदी सँग पोखरा घुम्न आएका श्रेष्ठको खोजी भैरहेको छ ।

दिदी भाइ फरक फरक डुंगामा रहेका बेला भाइ चढेको डुंगा पल्टिएको थियो। अहिले श्रेष्ठको खोजीका लागि नेपाली सेना , प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  ७ : ३६ बजे