मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ किलो सुनसहित रसुवामा एकजना पक्राउ



रसुवा मंसिर, २४–

प्रहरीले २ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । रसुवा प्रहरीले रसुवाको धुन्चेबाट उक्त सुनसहित निमा दोर्जे तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले जानकारी गराए ।

जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका तामाङ पक्राउ परेका हुन् ।

डीएसपी तामाङका अनुसार स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको सुन बरामद भएपछि प्रहरीले अहिले थप अनुसन्धान थालेको डीएसपी तामाङले जानकारी गराए ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  ७ : ४१ बजे