मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले पदबाट दिए राजीनामा , के थियो सरकारसग उनको मतभेद ?



मङ्शिर् २४, काठ्माण्डौ-

भारतमा कुशल गभर्नरका रुपमा चिनिएका भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले सोमबार गभर्नर पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए पनि केन्द्र सरकार सगको उनको खटपटका कारण उनले राजिनामा दिएको भारतिय सञ्चारमाध्यम हरुले जनाएका छन ।

पछिल्लो समय लाभांसको भुक्तानी,ब्याजदर्,रिपो दर र बजारमा तरलता सन्तुलन मिलाउन प्रवाह गर्ने निक्षेप लगायतका दर्जनौ मुद्दाहरुमा केन्द्र सरकारसँग रिजर्भ बैङ्क अफ इन्डिया (आरविआईको) मतभेद चुलिएको थियो ।

बैंकका डेपुटी गवर्नर विरल आचार्यले पछिल्ला दिनहरुमा कडा शब्दमा सरकारलाई चेतावनी दिएका थिए । उनले सरकार संस्थागत स्वायत्ततालाई वेवास्ता गरी कुनैपनि कदम चाल्छ भने त्यो सरकारले बजारबाट गम्भीर नोक्सानी बेहोर्न बाध्य हुन्छ भन्ने जस्ता चेतावनी दिँदै आएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  २ : १६ बजे