मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका नेताहरुको जुहारि : प्रवक्ता श्रेष्ठमाथि प्रधानमन्त्रीका सल्लाहाकार रिमालले गरे यस्तो प्रहार !



मङ्शिर २५,काठमाडौं

सत्तारुढ दल नेकपा भित्र यतिबेला नेताहरुबीच जुहारी नै चलेको छ । शीर्ष नेताबीच मात्रै होइन मध्यमदेखि कनिष्ठ नेताहरुबीच पनि आरोप–प्रत्यारोप श्रंखलाबद्ध रुपमा बढिरहेको छ । यस्तैमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार बिष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी ने क पा का प्रवक्ता नारायणकाजी श्रेष्ठको तरिका ठीक नभएको बताएका छन् । प्रमुख सल्लाहाकार रिमालले नेकपाका अध्यक्षहरुले गरेको निर्णय प्रवक्ता नारायणकाजीलाई थाहा नहुने बाहिर गएर अर्ती बुद्धि दिएर के अर्थ रहन्छ भन्दै प्रवक्ताको तरिका ठीक नभएको बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले पार्टी सरकारले चलाउने होइन। प्रधानमन्त्रीले पार्टी चलाउनेतिर लाग्ने होइन अरुलाई जिम्मेवारी दिनुपर्छ भन्दै आएका छन् । सो बिषयमा सल्लाहाकार रिमालले नेपाली रेडियो नेटवर्कको नेपाली वहशमा भने ‘उहाँ बैठक छोडेर हिड्नुहुन्छ । बैठकमा राख्ने कुरा रेडियो र टेलिभिजनमा भन्नुहुन्छ । त्यो नै पद विपरित भयो । वहाँ हाम्रो पार्टीको प्रवक्ता हो । प्रवक्ताले विधि सिकाउनुपर्यो । भएका निर्णयहरु बाहिर भन्नु पर्‍यो ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बोलाइएको पार्टीको सचिवालय बैठकमा झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बहिष्कार गरेका थिए । बालुवाटार समयमै पुगेका तीने जना आधा घण्टा कुर्दा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बैठक कक्षमा नआएपछि बहिष्कार गरेका थिए ।

सल्लाहकार रिमालले भने ‘प्रवक्ताले नभएका निर्णय भन्नु भएन । नभएका निर्णयहरु कसैले बोल्यो भने प्रवक्ताले यस्तो नहुनु पर्ने मलाई नै पार्टीले तोक्या छ बोल्नलाई के गरेको यो भन्नु पर्नेमा बैठक बस्ने बेलामा बैठक छोडेर हिड्नुहुन्छ । पार्टीका कमरेडहरुले बैठकमा के निर्णय गर्नुभयो त्यो वहाँलाई थाहा हुदैन । बाहिर गएर अर्ती बुद्धि दिएर के अर्थ रहन्छ । हाम्रो प्रवक्ता नारायणकाजीजीको तरिका ठीक भएन।’

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार  २ : १० बजे