मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीशमा अस्वीकृत जोशिलेनै कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी पाउने सम्भाबना उच्च



२६ मंसिर, काठमाडौं–

भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको मंगलबार डाकिएको बैठक पनि स्थगित भएको छ । योसहित तेस्रोपटक सरेको बैठक अब पुस ५ लाई तोकिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले परिषद् बैठक सार्दै जाँदा संविधान उल्लंघन भइरहेको छ । गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो ।

प्रधानमन्त्रीले मंसिर २२ का लागि बोलाएको दोस्रो बैठकसमेत स्थगित भयो । मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भयो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम परिषद्मा पठाएको छ । सर्वोच्चमा तीन वर्ष काम गरेको न्यायाधीशमात्र प्रधानन्यायाधीशका लागि योग्य हुने संवैधानिक व्यवस्था छ ।

न्यायपरिषद्ले पठाएका दुई जनामध्ये जोशी यसअघि नै संघीय संसदको सुनुवाइ समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत न्यायाधीश हुन् । त्यही कारण परिषद्सामु राणालाई नै प्रधानन्यायाधीश सिफारिस गर्नेबाहेक विकल्प छैन ।

नाम सिफारिसपछि पनि संसदीय सुनुवाइलगायत प्रक्रिया पूरा गरेर नियुक्ति गर्न कम्तीमा १५ दिन लाग्ने भएकाले जोशी नै केही दिनका लागि कायममुकायम हुने सम्भावना बढेको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिले कामु प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गरे संवैधानिक परिषदको सुस्त निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्ने भन्दै सर्वोच्च अदालत स्रोतले चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  ३ : ३६ बजे