मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारमा सम्लग्न दुई अभियुक्त पक्राउ



काठमाडौं मंसिर, २६–

ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई अभियुक्त पक्राउ परेका छन् । गत वर्षको मंसिर २ गते भएको उक्त बलात्कार घटनामा संलग्न ललितपुर गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई महानगरीय अपराध महाशाखाले बुधबार गोदावरीबाटै पक्राउ गरेको हो।
दुबैलाई गोदावरीस्थित एक होटलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी गराए । सामूहिक बलात्कार घटनाका अर्का अभियुक्त रघु सिलवालको खोजी जारी रहेको उनको भनाइ छ ।
उनीहरू ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया विवाहित युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा फरार थिए।

युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना पक्राउ परेका थिए। जिल्ला अदालत ललितपुरले पुस २६ गते पर्याप्त प्रमाण नभेटिएको भन्दै उनीहरूलाई साधारण तारेखमा छोडेको थियो।

२०७४ माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टाएसँगै उनीहरू फरार थिए। जिल्ला अदालतको आदेश ‘बेरित’को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामै राख्ने आदेश दिएको थियो। उक्त आदेशसँगै फरार भएका पीडकहरू लामो समय पक्राउ नपरेको भन्दै पीडितले न्याय नपाएको गुनासो गरिरहेका थिए।

मंसिर २ गते साँझ घर फर्किने क्रममा गोदावरी खोलामा युवतीमाथि सामूहिक बलात्कार भएको थियो। टाउकोमा ढुंगा प्रहार गरी घाइते बनाएर उनीहरूले सामूहिक बलात्कार गरेका थिए। हात समेत भाँचेर सामूहिक बलात्कार गरिएकी युवती लामो समय उपचारपछि घर फर्केकी थिइन्।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  १२ : ११ बजे