२६ मंसिर, काठमाडौं ।
पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक हुँदा भाजपाको पक्षमा राम्रो नतिजा नआएपछि हारजीत जिन्दगीको हिस्सा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । निर्बाचन परिणाम सार्बजनिक भए पछी उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु भन्दै उनले मंगलबार ट्विटरमा हारजीत जिन्दगीको हिस्सा भएको लेखेका छन् ।
तेस्तै मोदिले बिजेतालाई बधाइ समेत दिदै निर्बाचनमा अहोरात्र काम गर्ने भाजपाका कार्यकर्ता हरुलाई लाई ध्न्यबाद दिएका छन ।
मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ भने तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ तेस्तै मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।