बृटिश प्रधान्मन्त्री मेले जितीन विश्वासको मत ,जोगोयो उनको पद



काठमाडौं ।

आफ्नै पार्टीका ४८ सांसदले अविश्वासको प्रस्तावको माग गरेपछि भएको निर्बाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत पाएकी छिन् । उनले ६३ प्रतिशत मत प्राप्त गरेर निर्बाचन जितेकी हुन् ।

बुधबार राति भएको मतदानमा मेले २०० मत पाइन् । यो नतिजासंगै मेले अब पार्टीको नेतृत्व कम्तीमा एक वर्ष सम्हाल्न पाउने छिन् ।

प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिटको सम्झौतामा असन्तुष्ट रहेका नेताहरुको तर्फबाट अविश्वासको प्रस्ताव आएको हो ।

यो नतिजासंगै मेको लक्ष्य स्पष्ट भएको छ । मतदानमा मेले हार बेहोरेको भए नयाँ प्रधानमन्त्री चयन हुने थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ४ : २८ बजे