कांग्रेस महासमिति भेला काठ्माण्डौमा शुरु हुँदै, प्रतिबेदन माथी सहमती जुटाउने कसरतमा नेताहरु



मङ्शिर २८, काठ्मान्डौ-

आजबाट नेपाली कांग्रेस महासमितिको भेला काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन हुने वर्षलाई छाडेर हरेक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि मात्र काठमाडौंमा भेला हुन लागेको हो ।

सिंहदरबार अघाडी यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुँदै छ। यसका लागि सहभागीले शुक्रबार पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजे सम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। सवा दुई घण्टाको उद्घाटनसत्रपछि शनिबार दिउँसो बन्दसत्र सुरु हुने र भेलामा विभिन्न पाँच प्रतिवेदन पेस हुने कार्यक्रम रहेको छ ।

महासमितिमा पेश हुने पाँच मध्ये अहिलेसम्म आर्थिक प्रतिवेदनमात्र केन्द्रीय समिति बैठकले पारित गरेको छ । चार वटा मुख्य प्रतिवेदन पारित गर्न शुक्रबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

राजनितिक, साङठनिक, बिधान सम्बन्धी लगायतका प्रतिबेदन हरुका बारेमा कुरा नमिल्दा केन्द्रिय समिती बैठक लगातार चलिरेहेको छ । पदाधिकारिको सङ्ख्या लाई लिएर नेता हरुबिच असमझ्दारी रहेको र सहमतिका लागी प्रयत्न जारी रहेको कांग्रेसका एक नेताले बताएका छन ।

नेताहरुका बिच सहमतिमै आजैको केन्द्रिय समितीबाट सबै प्रतिबेदनहरु पारित गर्ने तयारी नेताहरुले गरेका छन ।

महासमितिमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि पुस १ गतेदेखि छलफल हुनेछ । महासमितिका लागि देश र विदेशबाट गरी १४ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  ३ : ५८ बजे