दाङ मा काखे बच्चालाई झारफुक गराउन गएकी महिला फर्केर आउँदा दुइजना बाल बच्चा सहित घर जलेर नष्ट



२८ मंसिर, दाङ-

दाङको बंगलाचुली गाउँपालिका स्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालीकाको मृत्यु भएको छ ।

नवराज पुनको घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

बच्चालाई झारफुक गराउन भनेर आमा घरबाट हिँडेको र बालबालिकाहरु घरभित्रै भएको बेला आगलागी भएको र बालबालिकाको अवशेष पनि फेला पार्न नसकिएको प्रहरिले जनाएको छ । उनीहरुका बुवा नवराज पुन भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार  ४ : १८ बजे