मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरायसी विवादमै आफ्नै छोराद्वारा छुरा प्रहार गरी बाबुको हत्या



विराटनगर मंसिर, २८–

विराटनगर छोराले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको हो । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।

बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । राति १० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छुरा प्रहारबाट घाइते भएका आकाश मण्डलको नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  १ : ४४ बजे