मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो मात्रै हैन प्राधाअनमन्त्री ओलिको पनि बिरोध गर्नुस्:कांग्रेस सभापति देउवा



मङ्शिर १९, काठ्माण्डौ-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले गरेका गलत कामको डटेर भन्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन ।

पार्टीको महासमिति बैठकमा सम्बोधन गर्दै उनले आफ्नो विरुद्धमा बोल्न पार्टीमा सबैलाई छुट भएको स्मरण गराउँदै भने, ‘मेरो विरोध गर्न छुट छ। प्रजातान्त्रिक पार्टी हो। तर, माधव नेपालभन्दा बढी बोल्नुस् ओलीको विरुद्धमा। माधव नेपाल जति हिम्मत गर्नुपर्‍यो।’

भापति देउवाले शान्ति सुरक्षाको स्थिति दयनीय भएको , हत्या, अपहरण तथा बलात्कार जस्ता घटना बढेका र निर्मला पन्तलाई न्याय दिनु त परै जाओस्। उनलाई न्याय मागेर टाँसिएका पोस्टर च्यातेर सरकारले न्यायको आवाज दबाउन खोजेको बताए ।

देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले नै बचाउन खोजिरहेको आरोप लगाए।

तेस्तै पार्टिका बारीष्ट नेता राम्चन्द्र पौडेल ले कांग्रेसले चुनाब हार्दा देशलेनै हारेको बताए । महासमिती भेलालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले चुनाब हार्दा देशले खोजेको सम्बृद्दिको सपनाले हारेको बताए ।

उनले महंगी बढेर गरिब जनाताअको ढाड सेकेको भन्दै समृद्धिका लागि देखाइएका आकाशे सपनाहरु एकातिर हावादारी भएको पुष्टि भएको र अहिलेको सरकार राज्यको ढुकुटी आफ्नो पार्टीको कार्यकर्ताको लागि उपयोग गरेर नयाँ शोषक वर्ग जन्माउनेतिर यो सत्ता गइरहेको बताए।

तेस्तै पार्टिका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसले एउटाा चुनाब हार्दैमा आत्तीनुपर्ने अवस्थाअ नभएको तर पार्टी भित्र मेलमिलापको जरुरी रहेको बताए । आफ्नो सम्बोधनमा महामन्त्री कोइरालाले पटक पटक पार्टी भित्रको मेलमिलापको बारेमा कुरा उठाउदै एक ढिक्का भएको कांग्रेसले मात्रै निकाश दिन सक्ने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार  ३ : ०८ बजे