मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै पटक कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने तयारी



पौष १, काठमाडौं ।

देश सङ्घिय ढाचामा गैसक्दा र स्थानिय तहहरुले पनि आफ्नो काम अघडी बढाउदा ठुलो शङ्ख्यामा कर्मचारी थप्नु पर्ने आकलन पहिले देखी नै गरिदै आएको थियो ।

हाल प्रदेश सरकार र स्थानिय तह दुबैमा कर्मचारी अभाबले काम सम्पन्न गर्न अफ्ठेरो हुँदै आएको प्रदेश सरकार र स्थानिय तहका प्रतीनिधीहरुले बताउने गरेका छन

यसै बिच सरकारले कर्मचारी समायोजन गरिरहँदा समायोजन सकिएलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको बुझिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको सूचना बाहिर आएको हो ।

यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ ।

माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अगाडि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  ६ : २४ बजे