मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा भिषण आगलागी, ६ वटा घर जलेर नष्ट



सप्तरी पुस, १–

सप्तरीको बोदे बर्साइन नगरपालिका–७, बगबिरा टोलमा गएराति भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणमा नआउँदा अन्य घरमा फैलिएको प्रहरीले बताएको छ ।

आगलागीबाट गेनी दासको दुई घर, छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको किराना पसल जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमती देवकुमारी दास घाइते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिए ।

आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ ।

घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । रासस

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  ७ : ४६ बजे