मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उधोगपती बिनोद चौधरी सहित ६ जना कांग्रेसको महासमिती सदस्य मनोनित



काठमाडौं पुस, १–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद विनोद चौधरी, स्वर्णिम वाग्ले, अनिल रूंगटा, शम्भुलाल श्रेष्ठ, दीपक अधिकारी,सुरेन्द्र चौधरीलाई पार्टीको महासमिति सदस्य मनोनित गरेका छन्।

कांग्रेसको विधानमा महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने व्यवस्था अनुसार सभापति देउवाले उनीहरुलाई महासमिति सदस्य मनोनित गरेका हुन् ।

पार्टीलाई विभिन्न क्षेत्रमा रहेर पुर्‍याएको योगदानको आधारमा सभापतिले १० जना महासमिती मनोनित गर्न पाउने ब्यबस्था अनुसार उनिहरुलाई मनोनित गरिएको हो ।

फोर्ब्स को तर्फबाट अर्बपती हरुको सुचिमा परेका नेपालकै एकमात्र अर्वपती तथा विनोद चौधरी कांग्रेस सांसद समेत हुन् । भने उद्योगी अनिल रूंगटा पर्साबाट निर्वचित पुर्व सभासद हुन् । स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष हुन् ।

शभापतिको मनोनयनमा परेका सबै काठमाडौंमा जारी महासमिति बैठकमा सहभागीसमेत भएका छन्।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  २ : ३२ बजे