मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासमिती सदस्यहरुले नाराबाजी गरेपछि कांग्रेस महासमिति बैठक २ घन्टालाई स्थगित



मङ्शिर २, काठ्माण्डौ-

नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । बिधानको बारेमा थप छलफल र सहमती गर्न केन्द्रिय समिती बैठकमा आफु जानको लागी सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदारलाई महसमिती भेलाको सभापतित्व दिन खोज्दा सहभागिहरुले नाराबाजी गर्दै बिरोध जनाएपछी बैठक दुई घण्टाका लागि स्थगित भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई घन्टा बैठक स्थगित गरिएको बताए।

महासमिति बैठकमा चार वटा दस्तावेज प्रस्तुत गरे पनि पार्टीको संघीय विधानको मस्यौदा प्रस्तुत गरिएको छैन।

तेस्तै पदाधिकारी संख्या ८ पुर्‍याउन सभापति देउवा सहमत भए पनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा सहमति जुटेको छैन। विधानमा सहमति जुटाउन केन्द्रीय समिति बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

पार्टिभित्र सहमती र मेलमिलाप अहिलेको मुख्य आवाश्यकता हुँदा हुँदै पनि निकै लामो समयसम्म बसेको केन्द्रिय समितिले बिधान सम्शोधनको बारेमा सहमती खोज्न नसक्दा अधिकाम्श महासमिति सदस्यहरु नेतृत्व प्रती अशन्तुष्ट देखिएका छन ।

प्रकाशित मिति : २ पुस २०७५, सोमबार  ६ : २७ बजे