पौष २, काठ्माण्डौ-
काठ्माण्डौको टोखा ८ मिलनटोलमा एक महिलाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीको अपराध महाशाखा टोलीले हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।
डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो। उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।
मुगुको छाँयानाथ रारा नगरपालिका–१ की २६ वर्षीय भगवती मल्ल, भदा मुगुकै छाँयानाथ रारा नगरपालिका–१ का २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका कास्कीको लेखनाथ महानगरपालिका–८ की २३ वर्षीय रीता केसी हत्या अरोपमा परेका छन्।
पक्राउ परेका हरुले हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन ।