सर्वोच्च अदालतको परिषर भित्रै आगलागि, भर्खरै आयो नियन्त्रणमा



काठमाडौं पुस, ३–

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको भवनमा आगलागी भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा मंगलबार बिहान आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुइँतलामा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको आएको छ ।

प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार  ८ : ४५ बजे