मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५१२ ग्राम सुन सहित एक जना पक्राउ



काठमाडौं पुस, ३–

सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३का ३२ बर्षीय अमित घिसिङ्गलार्य पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ९ : २१ बजे