कांग्रेसमा जुट्यो सहमति, अब कोषाध्यक्ष बाहेक अरु पदाधिकारीको चुनाव हुने



काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीको संख्या र निर्वाचित हुने पद्धतीको बारेमा सहमती जुटेको छ । लामो समयको छलफलपछि सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन गर्न नेताहरु सहमतिमा पुगेका हुन ।

सहमतिमा कोषाध्यक्ष र पार्टिको प्रबक्ता निर्बाचित पार्टी सभापतिले मनोनयन गर्ने ब्यवस्था गरिएको छ । सहमती अनुसार सभापतिसहित पदाधिकारीको संख्या अब ९ जना पुगेको छ ।

नेता हरुका बिचमा यही बिशयमा सहमती नजुट्दा काठ्माण्डौमा जारी पार्टिको महसमिती बैठकमा समेत बिबाद हुँदै आएको थियो भने महासमिती सदस्यहरु नेताहरु सग असन्तुष्ट हुँदै आएका थिय ।

आजको सहमती अनुसार को बिधानको मसयौदा भोली महासमिती बैठकमा पेश गरिने कार्यतालिका रहेको छ ।

महासमिती बैठकले अनुमोदन गरेपछी उक्त मसयौदा नै नेपाली कांग्रेसको सम्सोधित बिधान बन्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ३ : २२ बजे