मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ को सप्तेश्वर छितापोखरीमा वल्यो विजुली: अध्यक्ष राइले गरे उद्घाटन



पुस ४ – खोटाङ्

खोटाङको सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ ।

सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्तीको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बुधबार उद्घाटन गरेका हुन ।

घरमा बिजुली बले सगै अध्याँरोमा बस्दै आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीका नागरिकहरुमा खुशीयाली छएको छ । टुकी तथा सोलार वत्ती वाल्दै आएकोमा घरमा विजुली वत्ती बल्दा आफूहरु हर्षित भएको स्थानीयवासीहरुले बताएका छन ।

वडामा जम्मा ४ सय ४३ घरधुरी रहेको र त्यस मध्य आज २ सय ९ घरमा वत्ती वलेको छ भने बाँकी घरमा हाउस वयरिङ लगायतका कामहरु भईरहेकोले केही समयपछि बाँकी घरहरुमा पनि विजुली वत्ती बल्ने बताइएको छ ।

गाउँपालिकाका प्राय सबै ठाउहरुमा बिजुली बलिसकेको र बाकी रहेका अन्य केही ठाउ हरुमा पनि छिटै विजुली पुर्याउने योजना रहेको रहेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राइले न्यू सञ्चारलाई बताए ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  २ : ५१ बजे